शिल्पीको कचहरी नाटकबारे गार्जियनको स्टोरी : दर्शकलाई नै नाटक खेलाउँदै, जीवन बुझाउँदै !

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

दि गार्जियन

पश्चिम नेपालको एउटा दुर्गम र उच्च पहाडी गाउँमा मानिसहरूको ठूलो भीड जम्मा भएको छ, जुन गाउँ कुनै बेला माओवादी युद्धको केन्द्रविन्दु थियो । 

महिलाहरू छातीमा आफ्ना बच्चा बाँधेर उभिएका थिए । बालबालिकाहरू अस्थायी मञ्चको किनारामा झुम्मिएका थिए । स्थानीय अधिकारीहरू काम चलाउ कुर्सीमा विराजमान थिए । यो गाउँमा पहिलो पटक नाटक मञ्चन मात्रै भइरहेको थिएन, पहिलो पटक गाडी पनि पुगेको थियो । यो घुमन्ते नाट्य समूहले यहाँ जे देखाउन गइरहेको थियो, त्यो गाउँलेहरूका लागि छुटाउनै नहुने प्रदशर्नी थियो । 

यहाँ देखाइएको कचहरी नाटक दुई महिलामा केन्द्रित छ । एक जना नवविहित महिला छिन्, अर्की उनकै बाठी तर संघर्ष गरिररहेकी किशोरी नन्द । नयाँ बेहुली श्रीमान्‌काे घरमा घरेलु कामदार झैँ बनेकी छिन् भने उनकी १७ वर्षकी नन्द स्कुल छोडेर आफ्नै कक्षाको साथीसँग पोइल जान्छिन् र गर्भवती हुन्छिन् ।

दर्शकहरू घरी रमाइलो मानेर हाँस्छन्, घरी अब के हुने हो भनेर लामो-लामो सास तान्छन् । अन्तिममा दर्शकलाई नै ती दुवै महिलाको समस्या कसरी समाधान गर्ने भनेर सोधिन्छ ।  दर्शकका लागि यी पात्रका कथा नौला होइनन्, उनीहरूले देखेसुनेकै कथाहरू हुन् । तर यहाँ भने पात्रहरूमाथि भएको अन्याय उनीहरूले रोक्नुपर्नेछ ।

प्रकाशित मिति: : 2020-11-01 20:15:00

प्रतिकृया दिनुहोस्