कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले सोमबार पदाधिकारी बैठक बोलाएको छ। पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुनेछ,’ उनले भने।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने उनले बताए।

प्रकाशित मिति: : 2020-11-02 09:03:00

प्रतिकृया दिनुहोस्