मर्ने कसैलाई रहर हुँदैन...

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

मनीष पाण्डेय

१ अक्टुबर २०२०, म स्वर्गलोक प्रस्थान भएको दिन । चारैतिर मगमग फूलको बास्ना छरिएको थियो । मजस्तै त्यहाँ हजारौँ मान्छेहरू थिए । मान्छे हुन् या आत्मा, छुट्याउन सकिनँ । त्यहाँ एउटा नियम रहेछ- कोही मरेर गएपछि आफ्नो परिचय सँगै आफ्नो धर्तीलोकदेखि मृत्युलोकसम्मको यात्रा र मृत्युको कारणको विश्लेषण गर्नुपर्ने । त्यहाँ उपस्थित सम्पूर्णले आ-आफ्नो कथा सुनाउँदै थिए । बाँकी बस् आँखा रसाउँदै सुनिमात्रै रहेका थिए । अब पालो मेरो थियो । 

दुई/तीन दिनदेखि सामान्य ज्वरो आइरहेको थियो । गर्मीयामले टाटा बाइबाइ गर्दै बाहिर जाँदा जाडोको चिसो बतास कोठाको झ्यालढोकाबाट फुत्त भित्र छिर्दै थियो । मौसम बद्लिए सिजनल ज्वरो आएको होला भनेर सिटामोलले मात्रै टारेको थिएँ । तैपनि रिस्क नलिम कि भनेर अस्ति पीसीआर टेस्ट गराएको थिएँ । रिपोर्ट आउन केही दिन लाग्छ भनिएको थियो ।

भित्रभित्रै गाह्रो भए तापनि अस्पतालमै भर्ती भएर बस्न मनले मानेन । बिरामी भएर अस्पताल गयो कि कोरोना भनेर त्यहीँ आइसोलेसनमा जाक्दिन्छ कि भन्ने डरले घरमै सामान्य रूपमा औषधि र तातो पानीले आफूलाई निको बनाउने प्रयत्न गर्दै थिएँ ।

त्यसै क्रममा एक साँझ खाना खाएर सिटामोलको एउटा ट्याब्लेट तातो पानीको सहाराले घुर्लुक्क निलेर ब्ल्याङ्केट ओढेर गुम्लुङ्ग सुतेको थिएँ । ज्वरो अलि चर्किएको थियो क्यारे त्यो दिन । रुघाले नाक पनि टम्म परेर टालिएको थियो । श्वास फेर्दा छाती चस्स गर्दै नचस्केको पनि होइन । चिसो भएपछि अलिअलि  रुघाखोकीले गर्दा छाती दुख्नु सामान्य नै थियो । त्यो दिन पनि सामान्य नै मानेर खासै वास्ता गरिनँ । म प्रायः एक्लै सुत्न रुचाउँछु ।

प्रकाशित मिति: : 2020-11-02 15:06:00

प्रतिकृया दिनुहोस्