बाँकेमा ३ दिनमा ८ संक्रमितको मृत्यु

बाँकेमा तीन दिनको अवधिमा ८ जनाको  कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिबारदेखि सोमबारसम्म दुई अस्पतालमा उपचार गराइरहेका ८ संक्रमितको ज्यान गएको हो । 

दशैँको समयमा केही कम भएको मृत्युदर पछिल्ला केहीदिनयता निकै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार तीन दिनको अवधिमा कोरोनाका कारण मृत्यु हुनेमा बाँके जिल्लाका मात्रै ४ जना छन् । 

कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले  बाँकेमै दाङका तीन र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको बताए । 

उनले शनिबार ३ जना, आइतबार ४ जना र सोमबार एकजनाको ज्यान  बताए । सोमबार नेपालगञ्ज उपमहानगरपालिका २ की ६७ वर्षीया महिलाको  मृत्यु भएको थियो । उनी जनप्रतिनिधि समेत हुन् । 

उनलाई ३ असोजमा कोरोना संक्रमण भएको थियो । उनलाई स्वासप्रस्वास सम्बन्धी समस्या  रहेको श्रेष्ठले बिएल नेपालीसेवालाई जानकारी दिए ।

आइतबार मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, बिहान साँझ ५ बजे भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिला, राति १ बजे कैलालीको टीकापुर नगरपालिका १ का ६० वर्षीयका पुरुषको भेरीमै  मृत्यु भएको थियो । भने साँझ  खजुरा गाउँपालिका ३ बीगाउँका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । 

शनिबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका ४ का ७० वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाए ।  यस्तै तुलसीपुर उपमहानगरपालिका १८ का ७० वर्षीय पुरुष  र नेपालगञ्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाकोे मृत्यु भएको हो । 

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ३४ र भने बाहिरी जिल्लाबाट उपचार गर्न आएका २१ गरी ५५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।   बाँकेमा सोमबारमात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: : 2020-11-03 12:19:00

प्रतिकृया दिनुहोस्