कोरोना बिमा : किन हुँदै छ दाबी भुक्तानीमा ढिलाइ ?

बाह्रखरी

काठमाडौँ
सांकेतिक तस्बिर

विजय पराजुली

बिमा समिति र निर्जीवन बिमा कम्पनी मिलेर वैशाख ७ गतेबाट पुलमार्फत सुरु गरेको कारोना बिमा विभिन्‍न विवाद र र अन्योलताबीच अगाडि बढिरहेको छ । सुरुमा महामारीको पनि बिमा सम्भव छ भनेर नेपालबाट विश्वलाई उदाहरण बनेर देखाउने भन्दै बिमा समितिका अध्यक्षले कोरोना बिमा कार्यक्रमको उद्घाटन गरेका थिए । 

तर महामारीको बिमा हुन नसक्ने भन्दै अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीले कारोना बिमाको पुनर्बिमा गर्न अस्वीकर गरेपछि अहिले कोरोना बिमाको दायित्व नेपाली बिमा कम्पनीकै काँधमा गएको छ । यद्यपि बिमा कम्पनीहरुले कोरोना बिमाको दायित्व बहन नर्गनसक्ने भन्दै कारोना बिमाबाट हात झिकेपछि अहिले कारोना बिमाका दायित्व पनि बाँडफाँड भएको छ । 

सुरुको एक अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी कोरोना बिमाको पुलमार्फत गर्ने, त्यसपछि थप एक अर्बको दाबी भुक्तानी नेपाल पुनर्बिमा कम्पनीले गर्ने थप ५० करोडको दाबी भुक्तानी बिमा कम्पनीहरुमा रहेको महाविपत्ति कोषबाट र अर्को एक अर्बको दाबी भुक्तानी बिमा समिति तथा त्योभन्दा मथिको दाबी भुक्तानी गर्न सरकारलाई गुहार्ने सहमति भएपछि कोरोना बिमा गर्न बिमा कम्पनीहरु तयार भएका थिए । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमीतको संख्यामा वृद्धि भएसँगै कोरोना बिमा दाबी माग गर्नेको संख्या पनि बढ्दै गएको छ । तर दाबी भुक्तानीम सम्बन्धित निकायले ढिलासुस्ती गर्दा बिमा कम्पनीप्रति नागरिकको विशवास गुम्दै गएको छ । गत शुक्रबारसम्म १४ हजार २४१ जना बिमितबाट एक अर्ब ३६ करोड ५९ लाख ५० हजार रुपैयाँ दाबी परेको छ । कुल दाबी परेको रकममध्ये  एक हजार ७०० जनालाई १६ करोड २३ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी भएको छ । अहिलेसम्म बिमा कम्पनीहरुले दाबी परेको मध्ये करिब १२ प्रतिशतलाई मात्रै दाबी भुक्तानी गरेको देखिन्छ । 

प्रकाशित मिति: : 2020-11-03 13:19:00

प्रतिकृया दिनुहोस्