अनि काेलकाता हुँदै बेलायतसम्म पुग्याे दाङ देउखुरीको नाम

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

सन्तोष खडेरी

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि हालै मात्र प्रदेशसभाको दुईतिहाइ बहुमतबाट यसअघिको प्रदेश ५ को नाम र राजधानी टुङ्गो लागेको छ । नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकिएको छ । योसँगै यतिबेला दाङ देउखुरी विशेष चर्चामा छ । देउखुरीको इतिहासबारे जान्न तेह्रौँ, चौधौँ शताब्दीमा सुकौराकोट दरबारबाट राज्य चलाएका थारु राजा दङ्गीशरणसम्म पुग्नुपर्ने हुन्छ ।

सुकौराकोटको पुरातात्त्विक अनुसन्धान यद्यपि जारी नै छ । यो लेख भने त्योभन्दा धेरैपछि नेपाल एकीकरणको आसपास, जंगबहादुर राणाको कार्यकालमा दाङ देउखुरीसँग जोडिएका प्रसङ्गसँगै जंगबहादुरको सवारी भएको दाङबारे केन्द्रित छ । त्यस्तै २००७ सालपछि २०१५ सालको आमनिर्वाचन, त्यसकाे वर्षदिनपछि २०१६ मा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र राजा महेन्द्रको दाङ देउखुरी भ्रमणलगायतका प्रसङ्गसमेत समेटिएको छ । जिल्ला विकास समिति दाङले जारी गरेको दाङ जिल्लाको चिनारी, नेपालको इतिहाससम्बन्धी विभिन्न पुस्तक, राजपत्रलगायतका विभिन्न कालखण्डका सरकारी अभिलेखसँगै स्थानीयसँगको संवादलाई स्राेत मानेर यो लेख तयार गरिएको छ ।

दाङ देउखुरीको नामबारेको ऐतिहासिक सन्दर्भ

साबिकको जिल्ला विकास समिति दाङले प्रकाशित गरेको दाङको चिनारीमा यसबारे यस्तो उल्लेख छ, 'दाङ देउखुरीको इतिहासबारे हापुर रतनपुर बगियाका टेकनाथ गौतमका अनुसार दाङ जिल्ला भनेर चिनिने यस क्षेत्रले दाङ र देउखुरी नामक दुई वटा उपत्यकाहरूका साथै यी उपत्यकाका वरिपरि रहेका पहाडी क्षेत्रका र तिनीहरूको पानी ढलीलाई बुझाउँछ ।

प्रकाशित मिति: : 2020-11-05 15:15:00

प्रतिकृया दिनुहोस्