अमेरिकी निर्वाचन नतिजा: इलेक्टरल कलेज मत बराबर भयो भने के हुन्छ?

बिबिसी

काठमाडाैं

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अब नतिजा आउन बाँकी रहेका राज्यहरूमध्ये जोर्जिआमा बाइडनको र अन्य सबैमा ट्रम्पको पक्षमा नतिजा आएको खण्डमा इलेक्टरल मत बराबर हुन जान्छ।

कुल ५३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९-२६९ मत हुने सम्भावना रहन्छ।

यस्तो भयो भने को राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ?

यसको निर्णय संसद्‌ले गर्छ।

अमेरिकी संसद्‌ले सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको छ।

प्रकाशित मिति: : 2020-11-06 16:27:00

प्रतिकृया दिनुहोस्