बेरोजगारको व्यथा : युवाहरू भारततिर, बालबालिका र वृद्धवृद्धा गिट्टी कुट्न बगरतिर

लोकान्तर

काठमाडाैं

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियाबाट पूर्वतर्फ करीब ८ किलोमिटरको दूरीमा खुटिया नदी छ । त्यो नदीको छेउमै जोशी टोल छ ।

त्यो टोल लगायत आसपासका स्थानीयको मुख्य आम्दानीको स्रोत नै खुटिया नदी हो । ३०–३२ परिवारको हाराहारीमा रहेका स्थानीय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नदी किनारमै संघर्ष गरिरहन्छन् ।

हरेक दिन दिउँसो चर्को गर्मीमा पनि खुटिया नदीको किनारामा गिट्टी कुट्नेहरूको चहलपहल देखिन्छ । खुटिया नदीमा ९ वर्षीया बालिकादेखि ८० वर्षका वृद्धवृद्धा समेत गिट्टी कुटिरहेका हुन्छन् ।

जोशी टोल लगायत खुटिया नदी आसपासका युवाहरू रोजगारीका लागि भारत जान्छन् भने बालबालिका र वृद्धवृद्धाको रोजीरोटी नदी किनारामा गिट्टी कुटेरै जुट्ने गर्छ । हजुरआमासँगै गिट्टी कुटिरहेका छत्र साउँदले भने, ‘दैनिक बिहान ६ बजे दिनभर हामी सबै यो नदी किनारामा गिट्टी कुट्छौं ।’ उनले बिहान ११ बजेपछि १ घण्टा खाना खान विश्राम लिने गरेको बताए ।

प्रकाशित मिति: : 2020-11-07 15:40:00

प्रतिकृया दिनुहोस्