थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ सहित देशभर २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। 

याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

आज काठमाडौंमा १ हजार २ सय ९०, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ। देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ।

मन्त्रालयका अनुुसार २४ घण्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ। हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७ सय ६६ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ४४ रहेको छ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।

याेसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ।

प्रकाशित मिति: : 2020-11-07 17:24:00

प्रतिकृया दिनुहोस्