हाइड्रोपावर होइन, अब हाइड्रोजन

गोरखापत्र

काठमाडाैं

गोपालचन्द्र सुवेदी

काठमाडौँ, कात्तिक २३ गते । जलस्रोतमा विश्वमै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा रहेको नेपालका लागि यही जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादन नयाँ सम्भावनाको क्षेत्र बनेको छ । पानीबाट बिजुली निकाल्ने र त्यही बिजुली, उद्यमशीलता प्रवद्र्धनदेखि विदेश निर्यात गरेर समृद्धि हासिल गर्ने योजनामा सरकार तथा सरोकारवाला लागिरहँदा यसै चक्रको बीचबाट हाइड्रोजन उत्पादन र त्यसको खपत तथा निर्यातको सम्भावना देखिएको छ तर त्यसको उपयोगितामा सरकार तथा सरोकारवालले यथेष्ट गृहकार्य भने गर्नुपर्ने देखिएको छ ।
मुलुकभित्र विद्युत् उत्पादनको गति बढ्दै जाने तर आन्तरिक खपत तथा निर्यातको अवसर कमजोर देखिँदा उत्पादित बिजुली खेर जाने अवस्था सन्निकट छ । सरकारले पाँच वर्षमा पाँच हजारर १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा काम गरिरहेको छ तर यो सबै विद्युत्को सदुपयोगका लागि नेपालमै हाइड्रोजन उत्पादन नयाँ सम्भावना बनेको छ । एसियाली विकास बैङ्क (एडीबी)को केही महिनाअघिको अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्ने देखिन्छ । एइमिङ जोउ, वेई जोउ र पुष्कर मानन्धरले गरेको संयुक्त अध्ययनअनुसार नेपालको जलस्रोतको सम्भावना हाइड्रोजनमा प्रबल छ ।
सबैभन्दा हलुका ग्यास हाइड्रोजन अत्यन्तै प्रभावकारी ऊर्जा संवाहक हो । मानन्धरका अनुसार हामीले प्रयोग गर्ने एलपी ग्यासभन्दा हाइड्रोेजनमा दोब्बरभन्दा धेरै ऊर्जा घनत्व रहन्छ । एक केजी हाइड्रोजनले २० हजार युनिट विद्युत् प्रवाह गर्छ । हाइड्रोजनबाट पुनः विद्युत् उत्पादन गर्न प्रयोग गरिने उपकरण फ्युलसेलको दक्षता बढ्दै जाँदा यो ३० हजार युनिटसम्म पुग्नसक्छ ।

प्रकाशित मिति: : 2020-11-08 09:40:00

प्रतिकृया दिनुहोस्