काठमाडौं उपत्यकाभित्र कोभिड १९ संक्रमित थपिने दर उच्च भएसँगै सरकारले साउन २२ गतेबाट लागू गरेको जोरबिजोर प्रणाली अझै हट्न सकेको छैन।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यापार व्यवसायदेखि अन्य क्षेत्र संचालनमा आउँदा सवारी साधनको जोरबिजोर प्रणाली हट्न सकेको छैन।
अहिले ट्राफिक प्रहरीले दैनिक ७ देखि ८ सयवटा सवारीसाधन जोरबिजोर प्रणाली लागू नगरेको भन्दै कारबाही गर्ने गरेको छ।
‘हिलेको तुलनामा चेकिङमा केही कमी आएको छ। कसैले नियम नमाने हामी सवारी साधन होल्ड गरेर राख्छौं। समातेको सवारीसाधन बेलुका मात्र छोड्ने गरेका छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।