सरकारले नि:शुल्क गर्ने भनेको कोभिड-१९ को उपचार अब कसरी हुन्छ

बिबिसी

काठमाडाैं

मन्त्रिपरिषद्‌को कोभिड-१९ को उपचार नि:शुल्क व्यवस्था गर्ने गरी निर्णय सरकारी अस्पतालका साथसाथै सरकारले सम्झौता गरेका मेडिकल कलेज र निजी अस्पताल पनि लागु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, "कोभिडका लागि छुट्याइएका देशभरमा ७० जतिको सङ्ख्यामा अस्पतालहरू छन्।"

मन्त्रिपरिषद्‌मा मन्त्रालयले हरेक व्यक्तिको खर्चका विवरण आकलन गरेर प्रस्ताव लगेको बताइएको छ।

जसअनुसार एकजना सङ्क्रमित कम्तीमा दुई साता अस्पताल बस्नुपर्ने आकलन गरिएको छ।

प्रकाशित मिति: : 2020-11-10 19:29:00

प्रतिकृया दिनुहोस्