किन भारतको आँखा निरन्तर नेपालतिर सोझिँदैछ?

देखापढी

काठमाडाैं

काठमाडौं। भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले गरेको नेपाल भ्रमणको समाचार बासी हुन नपाउँदै विदेश सचिव हर्षवर्द्धन शृंगला नेपाल आउने भएका छन्। शृंगला दुई दिने नेपाल भ्रमणका लागि यही नोभेम्बर २६मा काठमाडौं आउने भएका हुन्।भ्रमणका क्रममा उनले समकक्षी भरतराज पौड्यालसँग वार्ता गर्ने छन्। साथै, उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने छन्।

विगतमा प्राथमिकतामा कम पर्ने गरेको भारतीय अधिकारीहरूको नेपाल भ्रमण अहिले निरन्तर हुन थालेपछि विभिन्न कोणबाट यसको कारण खोज्न थालिएको छ। कूटनीतिज्ञ तथा विश्लेषकहरु यसलाई ‘नेपाल चीनतर्फ ढल्किएको हुनाले भारतको चिन्ता बढेको’ रुपमा लिएका छन्।

भारतीय अधिकारीहरुको नियमित नेपाल भ्रमण उल्लिखित एक चिन्ताका कारण मात्र भइरहेको नमान्ने विश्लेषकहरू निकै छन्। उनीहरूका मतमा यसमा प्रमुख रूपमा दुई कारण रहेको छ।

पहिलो, यस वर्षको सुरुआतमा नेपालले जारी गरेको आफ्नो नक्सा सच्याउन दबाब दिनु र दोस्रो, नेपालको संविधान २०७२ जारी भएपछि दुई देशबीच चिसिएको सम्बन्धमा सुधार ल्याउनु।

सदियौंदेखि बेग्लै खालको सम्बन्ध रहँदै आएका यी दुई मुलुकबीच मतान्तर आउनुमा सतहमा देखिएका दृश्य मात्र कारण हुँदैनन्। अन्तर्यमा अन्य विभिन्न उल्झनहरू रहेका हुन्छन्।

प्रकाशित मिति: : 2020-11-11 13:31:00

प्रतिकृया दिनुहोस्