सिओलमा ‘ड्रोन ट्याक्सी’ को सफल परीक्षण, २०२५ सम्म व्यवसायीकरण गर्ने तयारी

दक्षिण कोरियाको राजधानी सिओलमा बुधबार ‘डोन ट्याक्सी’ को सफल परीक्षण भएको छ। 

सिओल महानगरपालिका र भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा बिहान १० बजे सिओलको यईदो हानगाङ पार्कबाट सफल परीक्षण गरिएको हो।  

२० किलोको ४ वटा बोरा चामल राखे ५० मिटर उचाईमा उडाइएको यो ड्रोन चीनको ईहाङ कम्पनीबाट किनेर ल्याइएको नेपाली प्रोफेसर डाक्टर भानु श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए। 

क्वाङउन विश्वविधालयका प्रोफेसर श्रेष्ठ भन्छन्, ‘ड्रोनमा दुई वटा सिट थियो। २०२५ सम्म यसलाई व्यवसायीकरण गर्ने लक्ष्य राखिएको छ।’

उडान परीक्षणको समय करिब ७ मिनेट थियो। बढ्दो शहरीकरणको चापबाट उब्जिएको ट्राफिक यातायातको समस्याको विकल्पको रूपमा कोरियाले ड्रोन ट्याक्सीलाई बढावा दिन लागेको डा श्रेष्ठले बताए। 

करिब डेढ दशकदेखि कोरियाको विश्वविधालयमा अध्ययपन गराउँदै आएका श्रेष्ठ यसरी शहरको आकाशमा उडाउने ड्रोनलाई युएम अर्थात अर्बन एयर मोबिलिटी भनिने बताउँछन्। 

उनी भन्छन्, ‘शहरमा बढ्दो ट्राफिकको चापबाट समस्यामा परेका व्यक्तिलाई छिटो गन्तब्यमा पुर्याउन यसको परीक्षण गरिएको हो। यसलाई २०२५ सम्म व्यवसायिक रूपमा अगाडि लैजान अध्ययन अध्यापन पनि निकट भविस्यमा छिट्टै सुरु हुदैछ।’ उनले उड्डयनको कोर्ष भएका विश्वविधालयमा विशेषज्ञ विषयको रूपमा पढाउने तयारी भएको बताए। 

‘ड्रोन सम्बन्धि डिग्री कक्षा नै सुरु हुँदैछ। यसका लागि लाइसेन्सको पनि व्यवस्था गरिदैछ,’ डा श्रेष्ठले भने।

बुधबार परीक्षण गरिएको ड्रोनको नाम ‘इएच–२१६’ थियो।

प्रकाशित मिति: : 2020-11-11 20:59:00

प्रतिकृया दिनुहोस्