बालुवाटारमै अत्याधुनिक हेलिप्याड

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार  बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम कम गर्न हेलिप्याड निर्माण गरिएकाे हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो। संखुवासभाबाट फर्कँदा पनि उक्त हेलिकप्टर बालुवाटारमै अवतरण गरिएको थियो।

प्रेस सल्लाहकार थापाले भने, ' अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुनेछैन।'
 

प्रकाशित मिति: : 2020-11-12 12:53:00

प्रतिकृया दिनुहोस्