दिनदिनै किन गइरहेको छ बत्ती ? यसपालिको तिहारमा पनि यही हालत हो ?

लोकान्तर

काठमाडाैं

नेपाल विद्युत् प्राधिकरणले बिहीवार एक सूचना जारी गर्‍यो । 

सूचनामा जनाइएअनुसार बिहीवार काठमाडौंका ६ वटा फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत् सेवा अवरुद्ध भयो । 

सूचनामा भनिएको थियो, ‘काठमाडौं ग्रीड महाशाखाबाट स्युचाटार सबस्टेसनमा जडित ११ के.भी स्विचगीयर प्यानल बदली गरी नयाँ स्विचगीयर प्यानल जडान गर्ने कार्य भइरहेको हुनाले मिति २०७७/०७/२७ गते बिहीवार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त सबस्टेसनबाट वितरित कुलेश्वर वितरण केन्द्रअन्तर्गतको स्वयम्भु, बलम्बु, कलंकी, थानकोट, कालिमाटी, ताहाचल फिडर अन्तर्गतका सम्पूर्ण स्थानहरूमा विद्युत् सेवा अवरुद्ध हुने हुँदा यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने जानकारीका लागि अनुरोध छ ।’

यो त सूचना नै प्रकाशित गरेको कुरा भयो, सूचना प्रकाशित नगरी पनि आजभोलि फ्याट्ट–फ्याट्ट बत्ती जाने गरेको छ । 

तिहारको मुखैमा यसरी विद्युत् प्रवाह दैनिकजसो अवरुद्ध भइरहँदा नागरिकहरू तिहारमा पनि यस्तै हुने त होइन भनेर सशंकित छन् ।

तिहारका लागि विभिन्न प्रकारका उपकरणहरू बाली सबैले आ–आफ्नो घर झिलिमिली बनाउने क्रम शुरू भइसकेको छ । बजारमा पनि रंग बिरंगका बत्तीहरूको बिक्री बढ्दै गरेको छ ।

प्रकाशित मिति: : 2020-11-12 18:10:00

प्रतिकृया दिनुहोस्