डा केसीको उपचार खर्च सरकारले व्यहोर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन्।

शनिबार प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका हुन्।

रसुवाबाट फर्किएका केसीले सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि कोरोना परीक्षण गराएका थिए।

शुक्रबार आएकाे रिपाेर्टमा उनमा कोरोना पोजेटिभ देखिएको छ।

केसीलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ।

उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-11-14 11:00:00

प्रतिकृया दिनुहोस्