प्रधानमन्त्रीलाई केसीकाे जवाफ– मेरो उपचार खर्च आफैं व्यहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस्

बिएल संवाददाता

काठमाडाै‌ं

प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।

कोरोना संक्रमण भएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार गराइरहेका  डा केसीले शनिबार ट्वीट गर्दै खर्च आफैँ व्यहाेर्ने बताएका हुन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो डा केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका थिए।

तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । 

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च व्यहोर्नेमा हुनुपर्दछ ।’

साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । ‘पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।

'म संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च व्यहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ व्यहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।

संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् ।

त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।

हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।

तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु। '

प्रकाशित मिति: : 2020-11-14 15:00:00

प्रतिकृया दिनुहोस्