राेजगारप्रवास विदेशिएका चेली भन्छन् : माइतीको अभाव छैन, नेपालमा जस्तो रमाइलो हुँदैन्

शिलापत्र

काठमाडाै‌

५ वर्षअघि रोजगारीका लागि युएई पुगेकी झापाकी सविता अधिकारीले दसैंमा नेपाली दाजु–भाइको हातबाट टीका ग्रहण गर्छिन । दसैंमा आफूलाई टीका लगाइदिएका नेपाली दाजुभाइहरुबाट तिहारमा भाइटिका लगाउँछिन् ।

वैदेशिक रोजगारीमा आएका दाजुभाइलाई दिदीबहिनी भेला भएर भाइटीका लगाउने गरेको अधिकारीले बताइन् ।   ‘सरकारले घरेलु महिला कामदारलाई खाडीका देश जान प्रतिबन्ध लगाएपछि फेरि फर्किन नपाउने डरले नेपाल गएको छैन । ५ वटा दसैंतिहार युएईमै मनाएँ । विदेशमा दसैंतिहार मनाउने बानी भएको छ । ५ वर्षमा करिब २० जना माइती बनाएर टिका लगाएँ,’ उनले भनिन््, ‘चाडपर्वका बेला नेपाली दाजुभाइ तथा दिदीबहिनी मिलेर विदेशमा नै मनाउने गरेको छौं । तर, नेपालमा जस्तो दसैंतिहारको महत्व र रमाइलो विदेशमा हुँदैन् । आफनो देश भनेको आफ्नै हो ।’ विदेशको चाडपर्व काम मनाए जस्तो मात्र गरिने उनको भनाइ छ । 

रोजगारीका ४ वर्षअघि रोजगारीका लागि इजरायल पुगेकी पाल्पाकी इशा रेग्मी पनि उत्तै दसैंतिहार मनाउन गरेकी छिन् । रेग्मीले पनि इजरायलमै रहेको नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छिन् । ‘नेपालमा जस्तो दसैंतिहार रमाइलो त हुँदैन् । तर नहुनु मामाभन्दा कानो मामा जाति भनेझैं इजरायलमै भएका दाजुभाइलाई भेला भएर तिहार मनाउँछौं,’ उनले भनिन््, ‘रोजगादाता कम्पनीले नेपालीको चाडपर्वमा बिदा नदिने भएकाले पनि चाडपर्व रमाइलो हुँदैन् । वैदेशिक रोजगारीमा आएपछि चाडपर्वभन्दा पनि कामकै महत्व ठूलो महत्व धेरै हुन्छ ।’ 

यस्तै, ३ वर्षअघि रोजगारीका लागि बेल्जियम पुगेकी सुनसरीकी राधा घिमिरेले त्यहाँ रहेका नेपाली दाजुभाइलाई टिका लगाएर तिहार मनाउने गरेकी छिन् । रोजगारी र अन्य पेसा व्यवसाय गरेर बेल्जियममा रहेको नेपाली दाजुभाइलाई सामूहिक रूपमा भेला गरी टीका लगाउने गरको राधाले बताइन् । ‘नेपालमा जस्तो रमाइलो विदेशमा नहुने भएपनि भाइटीका लगाउन माइतीको अभाव हुँदैन् । नेपालमा जस्तो देउसीभैलो खेल्न पाइँदैन् । त्यही भएर विदेशमा चाडपर्वमा रमाइलो हुँदैन् ,’ उनले भनिन् ‘समुद्रपारि भएपनि नेपालमा हुँदा मनाएको दसैंतिहारको झलझली याद आउँछ । तिहार मनाउन घर फर्किन खोजेपनि पाइदैन् ।’ विदेशमा रहेको नेपाली चेलीबेटीले सम्बन्धीत देशमा हल्का भएपनि रमाइलो गरेर तिहार मनाउने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: : 2020-11-15 15:07:00

प्रतिकृया दिनुहोस्