जसले ससुराली पुगेर श्रीमती र नाबालिका छोरीमाथि एसिड प्रहार गरे

देखापढी

काठमाडाै‌

काठमाडौं। सञ्जीव साह (२४) र आरती साह (२०) बीचको दाम्पत्य जीवनमा गत चैतमा खट्पट आयो। जतिबेला कोरोना संक्रमणको महामारीपछि बन्दाबन्दी सुरु भएको थियो।

आरती तीन वर्षीया छोरी रियालाई लिएर माईतीघर घर आइन्। उनको माईतीघर जनकपुर उपमहानगरपालिका वडा नम्बर–७ को जानकीनगरमा छ।

घर भने सोही उपमहानगरपालिकाको वडा नम्बर–२० को देवपूरा रूपैठा हो। सञ्जीव सोही ठाउँमा रहेको एक सुन पसलमा काम गर्दथे।

पारिवारिक खटपटपछि उनीहरू एक्लाएक्लै बस्दै थिए। यसरी बसेको ७ महिना भएको थियो। सम्बन्ध विच्छेद भने भएको थिएन।
शनिबार बिहान अन्दाजी साढे ८ बजे अचानक श्रीमती आरती बस्दै आएकी माईतीघरमा सञ्जीव आइपुगे।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकेन्द्रकुमार मिश्रका अनुसार, ससुरालीमा पुगेपछि सञ्जीवले आरतीलाई ढोका खोल्न लगाए। ढोका खोल्नासाथ उनले आरती र छोरीमाथि एसिड प्रहार गरे। 

“ढोका खोल्न लगाएछन् र खोल्ने बित्तिकै एक्कासी एसिड प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ”, मिश्रले देखापढीसँग भने, “पारिवारिक खटपटले घटना भएको देखिएको छ, “सञ्जीवलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।”

आरतीको टाउको, अनुहार, स्तन, छातिदेखि पेटसम्मै एसिड परेको छ। उनको अवस्था गम्भीर छ। छोरी रियाको भने टाउको र हातमा एसिड परेको डीएसपी मिश्रले बताए।

एसिड प्रहारबाट घाइते दुवैै जनाको जानकी हेल्थ केयरमा सामान्य उपचारपछि गएराति ११ बजेदेखि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-11-15 15:10:00

प्रतिकृया दिनुहोस्