मधेशमा धूमधामका साथ देउसीभैलो खेल्न सुरू

मधेशमा धूमधामका साथ देउसीभैलो खेल्न सुरू गरिएको छ।

मधेशी समुदायको बाहुल्यता रहेको सिरहा र सप्तरीमा युवाहरूले लक्ष्मिपूजाको दिनबाट देउसीभैलो खेल्न सुरू गरेका हुन्।

यस्तै सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिकाका युवाहरूको एक समूले लक्ष्मिपूजाको दिनबाट देउसीभैलो खेल्न सुरू गरेका छन्।

उनीहरूले देउसीभैलोको दक्षिणा बापत संकलन गरिएको रकम सामाजिक काममा सदुपयोग गर्ने जानकारी दिएका छन्।

लहानका बरिष्ठ पत्रकार भरत जर्घा मगरले कोरोनका कारण यसपटक मधेशमा देउसीभैलो प्रभावित भएको बताए।

‘मधेशमा धेउसीभैलो खेल्ने पुरानै चलन हो। मधेशमा समुदायस्तरमा कोरोना प्रवेश नगरेकाले सचेतनाकासाथ ग्रामिण भेगमा देउसीभैलो खेलिदै छ,’ उनलेृ भने।

मधेशका सहरीका ईलाकाहरूमा भने यसपटक देउसीभैलो खासै खेलेको पाईँदैन।

प्रकाशित मिति: : 2020-11-15 19:38:00

प्रतिकृया दिनुहोस्