कोलकाताको काली मन्दिरमा पुजा गरेपछि सकिबलाई ज्यान मार्ने धम्की

बंगलादेशका स्टार क्रिकेटर साकिब अल हसनले कोलकाताको चर्चित कालीमाताको मन्दिरमा गरेको पुजा विवादमा परेको छ। यसै कारण बंगलादेशका पूर्व कप्तानले माफी माग्नु परेको छ। उनले गत बिहीबार मन्दिर पुगेर कालीमाताको पुजा अर्चना गरेका थिए। 

उनलाई यसै कारण बंगलादेशका एक व्यक्तिले फेसबुकबाट ज्यान मार्ने धम्की दिएका थिए। मंगलबार अलराउन्डर सकिबले माफी माग्दै भने, ‘फेरि यस्तो गल्ती हुने छैन।’ 
सकिब गत बिहीबार कोलकाता पुगेका थिए। उनले बेलिघाट क्षेत्रमा कालीको पुजा गरेका थिए। 

बंगलादेश फर्किएका हसनलाई सिलेट शहरका मोहसिन तालुकदारले आइतबार फेसबुक लाइभमार्फत ज्यान मार्ने धम्की दिएका थिए। 

उनले पुरै मुस्लिम समाजको बेइज्जत गरेको भन्दै हसनले ज्यान मार्ने धम्की दिएका हुन। 

सकिबलाई धम्की दिने मोहसिन बेपत्ता छन् तर उनको श्रीमतीलाई प्रहरीले हिरासतमा लिएको छ। मोहसिनको परिवारले उनी ड्रग एडिक्ट भएको बताएका छन्। 

खेल मिलेमताको मुद्धामा सकिबले प्रतिबन्ध झेलिसकेका छन्। उनको प्रतिबन्ध २९ अक्टुबरमा समाप्त भएको थियो।

प्रकाशित मिति: : 2020-11-17 18:14:00

प्रतिकृया दिनुहोस्