चितवनको पिपरियाबाट सुरु भएको जीवाको ‘देश देशावर’को त्यो कथा

पहिलोपोष्ट

काठमाडौँ
तस्बिर : पहिलो पोष्ट

स्वेच्छा राउत

असोज महिना भए पनि झरी थामिएको थिएन। रातभरको पानीले राप्तीको बेग बढाएको थियो। पुल नभएकाले चितवन सौराहाको ठीक पछाडिको पिपरिया बस्तीका बासिन्दालाई यस्तोबेला भने आपत् पर्थ्यो। बस्तीबाट कतै जान डुंगाकै मात्र भर।

त्यसदिन बिहान पनि सिमसिम पानी परिरहेकै थियो। खोलाको बेग घट्ने छाँट देखिएन। आमा हरिकला गहभरी आँशु पारेर एउटै कुरा दोहोर्‍याउँदै थिइन्- 'आज नजान मिल्दैन।'

अँह! मिल्ने कुरै थिएन।

उनले बोक्न ठीक पारेको झोला थियो- लुगाफाटो र केही खानेकुरा। सँगै केही तस्बिर र नेपाल एयरलाइन्सको टिकट। पर्सिपल्ट सोभियत संघका लागि उड्दै थिए उनी। त्यसैले बिहानभर पानी रहोस् र नदी घटोस् भन्ने कामना गरेर बसे। आमा रुन छाडिनन्, पानी पनि थामिएन।

निकै साहस गरेर खोला तर्ने निधो गरे। साथ दिए, बुबा खेमलालले। जोखिम नमोल्दा पारी पुग्न ढिला हुन्थ्यो। ढिला हुँदा काठमाडौं जाने बस छुट्थ्यो। बस छुटे अरु कुरा पनि।

डर अनि विश्वास एकैसाथ। घर छोड्नुको दु:ख अनि 'इन्जिनियरिङ' सपना पूरा हुने खुशी, सबै लिएर निस्किए। त्यसपछि सुरु भयो उनको नयाँ यात्रा।

जब राप्ती पारीको त्यो सानो गाउँबाट बाहिरिए उनले कोरेको बाटोको खाका भने बद्लियो। केही पर पुगेपछि 'करियर'को बाटोमात्र फेरिएन, पुग्ने गन्तव्य नै मोडियो।

प्रकाशित मिति: : 2020-11-18 11:48:00

प्रतिकृया दिनुहोस्