लामो समयपछि आमिर खान सिनेमा घरमा

कोरोना भाइरसका कारण भारतमा भएको लकडाउनपछि खुलेको सिनेमा घरमा बलिउडका सुपरस्टार आमिर खान एक्कासी झुल्किएका छन्। उनी लामो समयपछि सिनेमा घरमा फिल्म हेर्न गएका थिए। 

उनले छोरी इरा खानसँग हालै मुम्बईको जुहुस्थित पीवीआर सिनेमा घरमा गएर साँझ ‘सुरज पे मंगल भारी’ फिल्म हेरेको जानकारी दिएका छन्। उनले आफ्नो सोसल मिडियामा यसको जानकारी दिँदै भने, ‘सिनेमा घरमा सुरज पे मंगल भारी हेर्न जादैछु। धेरैपछि ठूलो स्क्रिनमा फिल्मको आनन्द लिन उद्धेलित छु।’

मिडिया रिपोर्टअनुसार दिलजीत दोसांक्ष, मनोज बाजपेयी र फातिमा सना शेखको अभिनय रहेको ‘सुरज पे मंगल भारी’ फिल्म देशभरिको थिएटरमा ५० प्रतिशत सिट उपलब्ध गराउँदै रिलिज गरिएको थियो। 

कोरोनाका कारण सिनेमा हलमा ५० प्रतिशत मात्र सिट बिक्रि गर्न सरकारले गाइडलाइन तयार पारेपछि हल खुलेको हो। फिल्मले पहिलो दिन ७५ लाख रुपैयाँको व्यापार गरेको बताइएको छ। फिल्म १५ नोभेम्बरमा रिलिज भएको थियो। 

आमिर कि छोरी पछिल्लो समय मिडियामा निकै चर्चित छिन्। उनले ‘डिप्रेसन’ तथा सानोमा आफ्नै परिवारका सदस्यबाट यौन दूब्र्यवहारको सिकार भएको खुलासा गर्दै सबैको ध्यान केन्द्रित गरेकी थिइन।

प्रकाशित मिति: : 2020-11-18 22:41:00

प्रतिकृया दिनुहोस्