रेडियो सुनेर २१ वर्षमै भलमन्सा भएँ

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

प्रेम चाैधरी

साथीहरू नमस्कार म मसुरिया चौधरी...ए.. होइन म त प्रेम चौधरी पो त झुक्किएँछु आफ्ना नाम र ठेगानामा । मसुरियाचाहिँ मेरो ठेगाना । 

बाँकेको मसुरिया भन्ने स्थानमा मेरो घर छ । म त्यहीँको बासिन्दा हुँ । हरेक कार्यक्रममा जाँदा मलाई आफ्नो परिचय दिन असाध्यै गाह्रो हुन्थ्यो । अगाडि धेरै साथीहरू र ठूलाठूला मान्छेहरू देख्दा नामसमेत भुल्ने मान्छे हुँ म । 

एउटा घटना सुनाउँछु है ? केही समयअगाडि म गाउँ विकास समितिस्तरीय बालक्लबको एउटा कार्यक्रममा संयोजकको रूपमा थिएँ । संयोजक भएर के गर्नु, बोल्ने बेलामा नाम भन्नै डर लाग्ने । 

त्यस दिन पनि उही दोहोरियो । सबैले आफ्नो परिचय दिएपछि म पनि परिचय दिन अगाडि सरेँ अनि भनेँ, ‘नमस्कार म मसुरिया चौधरी....ए होइन होइन म त प्रेम हो प्रेम चौधरी ।’ मेरो आफैँप्रतिको अनभिज्ञतालाई देखेर म सँगैका साथी र सहभागीहरू सबै गलल हाँसे । आफैँलाई आत्मग्लानि भयो ।

धत् ! कस्तो हुस्सु रहेछु संयोजक भएर नाम नै बिर्सिएँ । अब के भन्लान् मलाई ? कतै मेरो कार्यक्षमतामा प्रश्न त उठाउँदैनन् ? कतै मलाई सबैले त गिज्याउँदैनन् ? भोलि पनि म आज जसरी निर्धक्कसाथ कार्यक्रममा सम्माननीय पदमा बसेर कार्यक्रम सञ्चालन गर्न सकूँला र आजको बेइज्जतले ? 

हो, यस्तै तर्कनाहरूले मलाई कार्यक्रममा बस्दाबस्दै घेरिसकेको थियो । कार्यक्रमभन्दा पनि लाजले रातोपिरो भइसकेको मलाई कार्यक्रम सञ्चालकले हाँस्दै नआत्तिनुस्, यस्तै हो कहिलेकाहीँ भन्दै सान्त्वना त दिइरहेका थिए तर म भने परिस्थिति झन् असहज देख्दै थिएँ । 

प्रकाशित मिति: : 2020-11-19 12:41:00

प्रतिकृया दिनुहोस्