'बुवा बितेर जानुभयो, उहाँले रोपेका सुन्तलाले अहिले पनि घरखर्च चलिरहेको छ’

तस्बिर : सेतोपाटी

राजेश घिमिरे

उत्तम रानामगर ५६ वर्षका भए। उनी १० वर्षको हुँदा बुवा नरबहादुरले बारीमा सुन्तला सारेको सम्झिन्छन्। सुन्तला पनि उनीसँगै हुर्किए। 

उत्तमका बुवा बितेको पनि १७ वर्ष भयो। बुवा बितेर गए पनि बुवाले छोडेर गएका बारीमा सुन्तला वर्षेनी फल्छन्। यिनै सुन्तलाले उत्तमको जिन्दगी टरिरहेको छ।

उनी १० वर्षका हुँदा लगाएका सुन्तलाले उत्पादन दिन थालेकै ४० वर्ष भइसक्यो।

चितवनको इच्छाकामना गाउँपालिका-२ तल्लो काउलेका उत्तमले बावुले सुरू गरेको सुन्तला उत्पादनलाई थप व्यवसायिक बनाए। 

‘बुवा बित्नुअघि ५० वटा बोट थिए अहिले ३०० बोट पुगेको छ,' उनले भने, ‘बुवाले सुरूआत गरेको खेतीमा अहिले मेरा छोराछोरीले पनि साथ दिइरहेका छन्।’

प्रकाशित मिति: : 2020-11-19 13:00:00

प्रतिकृया दिनुहोस्