दोस्रो बजार कब्जा गर्ने 'माफिया' को प्रयास असफल, ५० वटै ब्रोकरले एउटै 'टिएमएस' सञ्चालन गर्न नपाउने

नेपाल लाइभ

काठमाडौँ
सांकेतिक तस्बिर

अरुण सापकोटा

नेपाल स्टक एक्सचेन्जले ५० वटै ब्रोकरले एउटै ट्रेड म्यानेजमेन्ट सिस्टम ‘टिएमएस’ प्रयोग गर्न नपाउने व्यवस्था गर्ने भएको छ। टिएमएस सञ्चालन कार्यविधि तयार पार्ने क्रममा नेप्सेले एउटा टिएमएस अधिकतम १० वटा ब्रोकरले मात्रै प्रयोग गर्न पाउने लचकतासहित उक्त कार्यविधि तयार पारेको हो।

५० वटै ब्रोकरहरुले एउटै टिएमएस सञ्चालन गर्न नपाउने गरि कार्यविधि तयार पारिएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। उनले भने, ‘हरेक ब्रोकरले आफ्नै टिएमएसको व्यवस्था गर्नुपर्ने नियम छ। शेयर बजार नै कब्जा गर्नेगरी सबैलाई एउटै टिएमएस सञ्चालन गर्न दिने कुरै भएन।’ 

असोज ११ गते केही ‘माफिया’ को संलग्नतामा कानुनविपरीत ५० वटै ब्रोकरले एउटै टिएमएस सञ्चालन गर्ने गरि ‘क्यापटेक नेपाल’  नामक कम्पनी खोलेका थिए। उक्त कम्पनीमा ५० वटै ब्रोकरको शेयर पुँजी छ। उक्त कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ हुने भनिएको छ। जसमा सबैभन्दा धेरै ब्रोकरहरुको ५५ प्रतिशत रहेको छ। त्यस्तै रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डनको ‘सिटी टेक’ नाम गरेको टेक्नोलोजी कम्पनीको २० प्रतिशत, बैंकहरूको २० प्रतिशत र आइटी विज्ञको ५ प्रतिशत स्वामित्व रहने भनिएको छ।

प्रकाशित मिति: : 2020-11-19 13:15:00

प्रतिकृया दिनुहोस्