‘निकिशा’ श्रेष्ठमाथि सडकमा दुर्व्यवहार गर्ने तीन जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

निकेश नाम भएकी ‘निकिशा’ श्रेष्ठमाथि सडकमा दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्राउ गरेकाे हाे।

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी दुई केटाहरुले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि  छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको थियाे।

साेही अनुसार जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए।

उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेकाे उनले जानकारी दिए।

'सफिल खत्रीले मोटरसाइकल  चलाएका रहेछन्। पछाडि बस्ने ती किशोरले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका रहेछन्,'उनले भने। 

भिडियोमा श्रेष्ठलाई अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको छ। आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको भिडियोमा स्पष्ट देखिन्छ। 

हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताए। पक्राउ परेका सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन।

प्रकाशित मिति: : 2020-11-19 19:36:00

प्रतिकृया दिनुहोस्