एटलेटिकोसँग हार्‍याे बार्सिलाेना

बिएल संवाददाता

काठमाडाै‌ं

एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राखेकाे छ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएकाे खेलमा बार्सिलोनालाई १-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेकाे हाे। 

एटलेटिकोकाे जितमा यानिक फरेर करास्कोकाे गाेल निर्णायक बन्याे। 

उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए। 

पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा करास्कोले काउन्टर अट्याकमा  खाली पोस्टमा गोल गरे।  गोलरक्षक टेर स्टेगन  निकै अघि बढेकाे अवस्थामा गाेल गरेका थिए।

 

जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ। एटलेटिकोले ८ खेलमा २० अंक छ। यता एक खेल बढी खेलेको सोसिडाडकाे पनि समान अंक छ।

 बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ।

प्रकाशित मिति: : 2020-11-22 06:47:00

प्रतिकृया दिनुहोस्