जोलीले प्रशिद्ध फोटोग्राफर डन मेकुलिनको बायोपिक निर्माण गर्ने

हलिउड अभिनेत्री एञ्जेलिना जोलीले प्रसिद्ध फिल्म फोटोग्राफर डन मेकुलिनको जीवनीमा आधारित बायोपिक ‘अनरीजनेबल बिहेवियर’ को निर्माण गर्ने भएकी छिन्। 

निर्माता तथा निर्देशक पनि रहेकी जोलीले यसको घोषणा गर्ने क्रममा टम हार्डी र डिन बेकरको ‘हार्डी सोन एण्ड बेकर’ को ब्यानरमा बायोपिक निर्माण हुने बताएकी छिन्। उनले सिनेमाको पटकथा मार्क जर्जले लेख्ने पनि उल्लेख गरेकी छिन्। 

जर्ज सिनेमाको कार्यकारी निर्माता पनि नियुक्त भएका छन्। ब्रिटिश फोटोग्राफर मेकुलिनको यसै नामको आत्मकथा ‘बेस्ट सेलिङ्ग’ को सूचिमा परेको थियो। 

सिनेमाले मेकुलिनको असाधारण फोटोग्राफीको अनेकौं आयामलाई खोतल्ने प्रयास गर्ने नायिका जोलीले सञ्चार माध्यमलाई बताएकी छिन्।

फोटोग्राफर मेकुलिनले ६ दशक लामो करिअरमा लाखौँ फोटो खिचे होलान् तर अमेरिका–भियतनाम युद्धको तस्वीरलाई विश्व प्रसिद्ध कभरेजका लागि मेकुलिनलाई स्मरण गर्ने गरिन्छ।

प्रकाशित मिति: : 2020-11-22 08:00:00

प्रतिकृया दिनुहोस्