रूपचन्द्र विष्टको प्रेम र झोक

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

भैरव रिसाल
रूपचन्द्र विष्टसँग मेरो चिनजान २००९ जेठतिर भएको थियो। सन्दर्भ थियो, एउटा आन्दोलनको। त्यो बेला निजामती कर्मचारीको तलब–सुविधा कम भएको विरोधमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघले सडक आन्दोलन शुरु गरेको थियो। त्यो संघका नेता थिए, केशरबहादुर मास्के। 

त्यो बेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र सूर्यप्रसाद उपाध्याय गृहमन्त्री थिए। सरकारले कर्मचारीको आन्दोलन दमन गर्न सुरक्षा कानून लगायो। संघले आन्दोलन सफल पार्न काठमाडौं खाल्डोका हाइस्कूलदेखि कलेजसम्मका विद्यार्थीलाई मिसाउने नीति लिएछ।

उक्त आन्दोलनमा विद्यार्थी लाग्ने वा नलाग्ने भन्ने निर्णय गर्न एउटा छलफल आयोजना भयो। छलफलमा म संस्कृत क्याम्पस वाल्मीकि विद्यापीठबाट गएको थिएँ। रूपचन्द्र जैसीदेवलको सीताराम हाइस्कूलबाट आएका थिए। त्यसै क्रममा रुपचन्द्रसँग पहिलो भेट भएको हो। 

हरेक शिक्षालयबाट दुई–दुई जना बोलाएकाले रूपचन्द्रसँग पुण्यप्रताप राणा र मसँग भुवनेश्वर गौतम थिए। मोहनविक्रम सिंह जुद्धोदय हाइस्कूलबाट आएका थिए। 

अन्ततः कर्मचारी आन्दोलनमा विद्यार्थीले पनि सहयोग गर्ने निर्णय भयो। सुरक्षा कानून कालो कानून हो, फिर्ता गर भनी सबै हाइस्कूल र कलेजका विद्यार्थी सहभागी भएपछि आन्दोलन चर्कियो। हामी धेरै विद्यार्थी पक्राउ पर्‍यौं। कारागारमा ठाउँ नभएपछि सरकारले विद्यार्थीलाई मानभवन दरबारमा समेत थुन्यो। 
 

प्रकाशित मिति: : 2020-11-22 11:45:00

प्रतिकृया दिनुहोस्