‘कोरोनाले निमोनिया खतरनाक भएको छ’

आयोमेल

काठमाडौँ
तस्बिर : आयोमेल

रेणु त्वानाबासु 

नेपालमा कोरोनाभाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको छ। संक्रमितको संख्या बढ्दै गइरहेको छ भने जाडो मौसम पनि सुरु भएको छ।

पछिल्लो समय संक्रमण भएर लक्षण नदेखिएमा वा लक्षण देखिए पनि गम्भीर खालको समस्या नदेखिएसम्म अस्पताल जानु पर्दैन भन्ने आमधारणा बन्दै गएको छ। 

कोरोना लक्षण देखिएर स्वासप्रश्वासमा समस्या आएमा होमआइसोलेसनमा अक्सिजनको सहायतामा बिरामी बस्दै आएका छन्। हाल होम आइसोलेसनमा बसेका संक्रमितलाई निमोनिया समस्या बढ्दै गएको चिकित्सकले बताउँदै आएका छन्। 

कोरोना संक्रमणको प्रकोप बढिरहेकै स्थितिबीच मुलुकमा जाडो मौसम सुरु भइसकेको छ। जाडो मौसम बढेसँगै होमआइसोलेशनमा बसेका संक्रमतिलाई छिटो निमोनिया हुन सक्छ। जाडो बेलामा निमोनिया कसरी हुन्छ, कसरी सावधानी अपनाउने भन्ने विषयम त्रिवि शिक्षण अस्पताल (टिचिङ) का छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा.सन्तकुमार दाससँग आयोमेलकर्मी रेणु त्वानाबासु गरेको कुराकानी :
  
निमोनिया के ले हुन्छ? 

तीन किसिमका किटाणुले निमोनिया गराउँछ। इन्फ्लुएन्जा (स्वाइन फ्लु, बर्ड फ्लु) ब्याक्टेरियल तथा रेगुलर फ्लु र कोरोनाले निमोनिया हुन्छ। त्यसैले म छातीरोगको विशेषज्ञ भएकाले फोक्सोका बिरामीलाई इन्फ्लुएन्जा खोप लगाइदिने गरेको छु। 

जाडो महिना सुरु हुने बित्तिकै दसैंताका लगाइदिने गरेको छु। यसले गर्दा यो एक फ्लुले त निमोनिया हुन पाउँदैन। यो खोप सबैले लगाउँदा हुन्छ। दीर्घरोगीले लगाउँदा झ्न फाइदाजनक हुन्छ। फोक्सोका बिरामीलाई प्रत्येक वर्ष लगाउने गरेका छौं। अरू पनि बिरामीलाई लगाउँदा हुन्छ। इन्फ्लुएन्जा खोप लगाउँदा हुन्छ। यसले पनि निमोनिया हुन कम गराउँछ।

प्रकाशित मिति: : 2020-11-22 16:14:00

प्रतिकृया दिनुहोस्