सार्वजनिक बसमा अब नगदविहीन भाडा

राजधानी दैनिक

काठमाडाैं

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा नगदविहीन भाडा प्रणाली लागु गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार निर्माण विकास समिति आदेश २०७७ जारी गर्दै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुदृढीकरण र नियमनको तयारीस्वरूप नगदविहीन भाडा प्रणाली लागु गर्ने तयारी भएको हो ।

समितिको उद्देश्यमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायातका लागि सूचना प्रविधिमा आधारित एकृकीत प्रणालीसहितको नगदविहीन भाडा प्रणाली र विद्युतीय टिकट प्रणालीको विकास गर्न आवश्यक अध्ययन तथा तयारी गर्ने उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित आदेश नेपाल राजपत्रमा १७ कात्तिकमा प्र्रकाशित भएको छ । जसको अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहने व्यवस्था छ । समितिमा काठमाडौं, ललितपुर महानगरपालिका र भक्तपुरको एक नगरपालिका प्रमुख सदस्यहरू रहने व्यवस्था छ । समितिको कार्यकारी निर्देशक भने सदस्य सचिव रहने प्रावधान राखिएको छ ।

प्रकाशित मिति: : 2020-11-23 10:10:00

प्रतिकृया दिनुहोस्