प्रचण्डसँग चीनकी राजदूत यान्छीकाे भेट

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनकी राजदूत होउ यान्छीले भेट गरेकी छन्। 

प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन्।

उनीहरूको भेटमा के–के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन। 

नेकपामा भित्र विवाद उत्कर्षमा पुगेका बेला उत्तरी छिमेकीले चासो दिँदै आएको छ।

यसअघि पनि राजदूत यान्छीले सक्रियता भूमिका खेल्दै आएकी छिन्।

यसअघि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन्। 

प्रकाशित मिति: : 2020-11-23 12:22:00

प्रतिकृया दिनुहोस्