वुल्भ्सले साउथह्याप्टनलाई बराबरीमा रोक्याे

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई बराबरीमा रोकेको छ।

अवे मैदानमा भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको हाे।

पहिलाे हाफ बराबरी सकिएकाे खेलमा ५८औँ मिनेटमा वालकोटले साउथह्याप्टनलाई अग्रता दिलाए। 

तर ७५औँ मिनेटमा नेटोले वुल्भ्सका लागि बराबरी गोल फर्काए।

बराबरीपछि साउथह्याप्टनले तेस्रो स्थानमा पुग्ने र शीर्ष दुई स्थानका टोटनह्याम तथा लिभरपुललाई टक्कर दिने मौका गुमाएको छ।

पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ। टोटनह्याम र लिभरपुलका समान २० छ।

यता चेल्सी र लेस्टर सिटीको समान १८ अंक छ। १४ अंकसहित वुल्भ्स नवौँ स्थानमा पुगेको छ।

प्रकाशित मिति: : 2020-11-24 06:52:00

प्रतिकृया दिनुहोस्