मेसीबिनै बार्सिलोना च्याम्पियन्स लिगकाे नकआउट चरणमा

बिएल संवाददाता

काठमाडाै‌ं

कप्तान लिओनल मेसीबिना मैदान उत्रिएको बार्सिलोना यूईएफए च्याम्पियन्स लिगकाे नकआउट चरणमा प्रवेश गरेकाे छ।

लिग अन्तर्गत मंगलबार डिनामो किएभको मैदानमा ४-० ले पराजित गर्दै वार्सिलाेना नकआउट चरणमा पुगेकाे हाे।

बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे। यता सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनले पनि एक एक गाेल गरे।

दोस्रो हाफको ५२औँ मिनेटमा ब्रेथवेटको पासमा डेस्टले गोल गर्दै अग्रता दिलाए। 

५७ मिनेटमा डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले अग्रता दोब्बर पारे।

७०औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गरे। ब्रेथवेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 

इन्ज्युरी समयको दोस्रो मिनेटमा जोर्डी अल्बाको पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै ४–० काे सानदार जित पक्का गरे। 

जितसँगै बार्सिलोनाले नकआउट चरणमा पुगेकाे छ। ४ खेलमा ४ जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। 

यता दोस्रो स्थानमा रहेको युभेन्टसको ९ अंक रहेको छ। किएभ र फेरेन्कभारोसको १-१ अंक छ।

प्रकाशित मिति: : 2020-11-25 06:27:00

प्रतिकृया दिनुहोस्