दुई खेल अगावै चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गरेको छ।

लिग अन्तर्गत मंगलबार राति भएकाे समूह समूह ईको खेलमा फ्रेन्च क्लब रेनलाई २–१ ले पराजित गर्दै चेल्सी दुई खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेको हाे।

अवे मैदानमा भएको खेलमा चेल्सीका लागि २२ औँ मिनेटमा हड्सन–ओडोइले अग्रता दिलाएका थिए।

तर ८५औँ मिनेटमा गुइरासीले रेनलाई बराबरीमा फर्काए।

इन्जुरी समयको पहिलो अर्थात ९१औँ मिनेटमा ओलिभर जिरउडले गोल गर्दै चेल्सीलाई नकआउट चरणमा पुर्‍याए। 

जितपछि चेल्सीको १० अंक भएको छ। सेभिल्लाको पनि समान १० अंक नै छ र उसले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

मंगलबार राति नै भएको खेलमा सेभिल्लाले सेभिल्लाएफके क्रास्नोडरलाई २–१ ले पराजित गरेको थियाे।

प्रकाशित मिति: : 2020-11-25 06:56:00

प्रतिकृया दिनुहोस्