विराटनगर र बाँकेमा थप तीन काेराेना संक्रमितकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

 विराटनगर र बाँकेमा थप तीन काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई तथा कोहलपुर मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हाे।

विराटनगरमा मंगलबार राति ११ बजेर ४० मिनेटमा सुनसरीको रामधुनी नगरपालिकाका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियाे।

दिउँसो श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्नाका लागि पुगेका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनलाई आइसोलेशनमा राखेर उपचार थालिएको भएपनि राति मृत्यु भएको हो।

यता धरान उपमहानगरपालिकाकी ५० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। 

कोरोना पुष्टि भएसंँगै ती महिलालाई मंसिर ६ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो।

उनकाे राति करिब सवा ९ बजे मृत्यु भएकाे हाे।

यस्तै बाँकेको कोहलपुर मेडिकल कलेजमा मंगलबार राति कोरोना संक्रमित दाङकी ७७ वर्षीया महिलाको मृत्यु भएको छ।

 स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गर्न ल्याइएकी उनमा ६ गते कोरोना पुष्टि भएको थियो।

वृद्धाको राति सवा १२ बजे मृत्यु भएको हो।
 

प्रकाशित मिति: : 2020-11-25 09:58:00

प्रतिकृया दिनुहोस्