ग्रेग बार्क बने आइसीसीको अध्यक्ष

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा न्युजिल्याण्डका ग्रेग बार्क निर्वाचित भएका छन्। 

बार्कले दोस्रो चरणको मतदानपछि इमरान खवाजालाई पराजित गर्दै आइसिसीको अध्यक्षमा निर्वाचित भएका हुन्। 

उनी सन् २०१२ यता न्युजिल्याण्ड क्रिकेटका प्रमुख रहेका थिए। पछिल्लो समय आइसीसीका पूर्वअध्यक्ष सशांख मनोहरको कार्यकाल जुलाइमा सकिएयता उपाध्यक्ष इमरान ख्वाजालाई अन्तरिम अध्यक्ष बनाइएको थियो।

आइसीसीको अध्यक्ष पदमा निर्वाचित हुन कुल १६ भोट मध्य ११ भोटको आवश्यक पर्दछ। 

पहिलो चरणमा गत हप्ता बार्कले १० र इमरान खवाजाले ६ भोट प्राप्त गरेका थिए। यद्यपि अन्त्यमा बार्कलेलाई नै समर्थन मिल्यो।

अध्यक्षमा चयन भएसँगै बार्कलेले यो आफ्नो लागि सम्मानको विषय भएको भन्दै कोभिड १९ को महामारीबाट बाहिर निस्किएर राम्रो अवस्थामा फेरि फर्कने विश्वास गर्दै क्रिकेटलाई अघि बढाउने बताए। 

‘आइसीसीको अध्यक्षको रुपमा नियुक्त हुनु गर्वको कुरा हो। मलाई सहयोग गर्ने निर्देशकहरुलाई धन्यावाद। विश्व महामारीबाट एक मजबुत स्थितिमा पुग्न र विकाश गर्दै खेलको नेतृत्व गर्दै उभिनेमा म आशावादी छु’, उनले भने।

बार्कले सन् २०१५ को आइसिसी एकदिवसिय विश्वकप प्रतियोगितामा निर्देशकको रुपमा काम गरेका थिए। न्युजिल्यान्डको बोर्ड सदस्य र नोर्थन जिल्ला क्रिकेट एसोसिएसनको अध्यक्षको रुपमा पनि काम गरि सकेका छन्।
 
आइसीसी बोर्डमा न्युजिल्याण्ड क्रिकेटका प्रतिनिधि रहेका उनले अब उक्त पदबाट राजीनामा दिएर अध्यक्षको पद सम्हाल्ने छन्।

प्रकाशित मिति: : 2020-11-25 12:42:00

प्रतिकृया दिनुहोस्