९ हजार २१० नमुना परीक्षण, १९४८ जनामा संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ।

बुधबार देशभर ३ हजार १ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ६९ जना क्वारेन्टिनमा छन्।

प्रकाशित मिति: : 2020-11-25 16:37:00

प्रतिकृया दिनुहोस्