सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

बिएल संवाददाता

काठमाडाै‌ं

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएकाे छ। 

बुधबार राति भएको समूह सी अन्तर्गत खेलमा  सिटीले ओलम्पिकासलाई १–० ले पराजित गरेको हो।

३६औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर सिटीको जित निश्चित गरेका हुन्। 

जितपछि शीर्ष स्थानको सिटीको दुई खेल बाँकी हुँदा १२ अंक भएको छ।

 तेस्रो स्थानको ओलम्पिकासको तीन अंक रहेको छ।

प्रकाशित मिति: : 2020-11-26 07:18:00

प्रतिकृया दिनुहोस्