कप्तान फिन्च र स्मिथको शतक, भारतलाई विशाल लक्ष्य

बिएल संवाददाता

काठमाडाै‌ं

ओपनर तथा कप्तान आरोन फिन्च र स्टिभ स्मिथको सानदार शतकसँगै भारतसँगको पहिलो एकदिवसिय खेलमा घरेलु टोली अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ।

घरेलु मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्दै ३७४ रनको विशाल योगफल बनाएको छ। 

अष्ट्रेलियाका लागि ओपनर तथा कप्तान आरोन फिन्च १२४ बलमा ९ चौका र २३ छक्कासहित ११४ रनमा बनाए।

योसँगै एकदिवसीयमा १७ रन जोड्दै कप्तान फिन्चले पाँच हजार रनको कोशेढुंगा पुरा गरेका हुन्।

ओपनिङमा आएका फिन्चले छैटौं ओभरमा पाँच हजार रन पुरा गरेका थिए।

एकदिवसीयमा ५ हजार रन पुरा गर्ने उनी अष्ट्रेलियाका १६ औं खेलाडी हुन्।

यस्तै फिन्च सर्वाधिक छिटो ५ हजार रन पुरा गर्ने दोस्रो अष्ट्रेलिया खेलाडी बने।

सर्वाधिक चाडो पाँच हजार रन पुरा अष्ट्रेलियाका खेलाडी पूर्व कप्तान डेभिड वार्नर हुन्। उनले १ सय १५ खेलमा उक्त कोशेढुंगा पुरा गरेका थिए।

 स्टिभ स्मिथले आक्रामक ब्याटिङ गर्दै स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको याेगदान दिए।

स्मिथले  ६२ बलमा शतक प्रहार गरेका थिए। स्मिथ अष्ट्रेलियाबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने तेस्रो खेलाडी बने। 

स्मिथको यो ओडिआईको १० औं शतक हो।

ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का सहित ४५ रनको आक्रामक इनिङ खेलेका थिए।

यता डेविट वार्नर ६९ रनमा आउट भए। वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे।
 एलेक्स केरी १७ र प्याट कमिन्स १ रनमा अविजित रहे। 
 मार्नस लाबुसेन २ रनमा क्याच आउट भए।

भारतीय स्पिनर युजभेन्द्र चहलले  १० ओभरमा ८९ रन खर्चेर १ विकेट लिए। 

मोहम्मद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए। जस्प्रित बुमराहले १० ओभरमा ७३ रन खर्चेर १ विकेट लिए। नवदीप सैनीले १० ओभरमा ८२ रन खर्चेर १ विकेट लिए।

प्रकाशित मिति: : 2020-11-27 13:36:00

प्रतिकृया दिनुहोस्