सन्दीप लामिछानेलाई कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरसकाे संक्रमण भएको छ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्‌। 

रिपाेर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन्। उनमा हल्का लक्षण देखिएको छ।

यसअघि मंगलबार १६ खेलाडीको परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो। 

शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ। 

बिहिबारदेखि बन्द प्रशिक्षण थाल्नुअघि १६ खेलाडीको पीसीआर परीक्षण गरिएको थियो। जसमा तीन खेलाडीमा रिपोर्ट नेगेटिभ आएको थियो। 

नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ। सुरुवाती २२ र पछि पाँच थप गरि कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
 

प्रकाशित मिति: : 2020-11-28 07:06:00

प्रतिकृया दिनुहोस्