नेपालगञ्जमा संघीयता खारेजी र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै प्रदर्शन

बाँकेको नेपालगञ्जमा राजसंस्थाको पुनःस्थापनाको पक्षमा प्रदर्शन भएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा हिन्दुवादीहरुले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगञ्जमा शक्ति प्रदर्शन गरेका हुन्।

 प्रर्दशनमा राजवादीहरुको सहभागिता रहेको थियो।  बाँकेको कोहलपुरबाट सुरु भएको प्रदर्शन नेपालगञ्ज गएर टुंगिएको हो। 

नेपालगञ्ज मै बागेश्वरी मन्दिर परिसरबाट सयौ मानिसहरुको सहभागिता र्‍यालीसमेत गरिएको  निकालिएको थियो। 

 उक्त मोटरसाइकल  र्‍याली धम्बोझी चोकमा समापन भएको हो।  देशका विभिन्न सहरमा राजाको पक्षमा प्रदर्शन गरिरहेका हिन्दुवादीहरुले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न माग गरेका छन्। 

अहिलेको शासन व्यवस्थापन नै खारेज गर्नु पर्ने उनीहरुको माग रहेको छ। उनीहरुले ‘ राज आउ देश बचाउँ, संघीयता खारेज गर’ लगायतका नारा समेत लगाएका थिए।  

शक्ति प्रदर्शनको नेतृत्व राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले सम्हालेका थिए। बाँकेमा राजावादी केही गैरराजनीतिक समूहले पनि विगतमा यस्तै खालको प्रदर्शन गरेका थिए। 

 यस अघि बाँके कै कोहलपुरमा समेत राजाको पक्षमा प्रदर्शन भएको थियो।

प्रकाशित मिति: : 2020-11-28 16:25:00

प्रतिकृया दिनुहोस्