बाराका सीमा नाका खोल्न नेपाल परिवार दलले बुझायाे ज्ञापनपत्र

बाराका सीमा नाका खोल्न नेपाल परिवार दल देवताल गाउँपालिका कार्यसमितिले ज्ञापनपत्र बुझाएको छ। 

दलको कार्यसमितिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दक्षिण झिटकैयाका प्रहरी नायब निरीक्षक गणेशबहादुर थापालाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

जिल्लाको सिम्रौनगढ, कलैया उपमहानगरपालिका १० स्थित मतिअर्वा , सन्तगंजसहित जिल्लामा रहेका अन्य नाकहरु खोल्न कार्यसमितिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दक्षिण झिटकैयालाई ज्ञापनपत्र बुझाएको हो।

कार्यसमितिले ज्ञापन पत्रमा कोरोना माहामारीले हालसम्म नाका बन्द रहेको कारण आम सर्वसाधारणले धेरै कठिनाइका साथै चर्को महङ्गी भोग्नु परेको तथा दैनिक उपभोग्य बस्तु किन्न र किसानहरुलाई चाहिने मल खाद्य ल्याउन समस्या भएको उल्लेख छ।

बोर्डर आउट पोस्ट दक्षिण झिटकैया मार्फत जिल्लामा ज्ञापनपत्र पठाइएको अध्यक्ष रामचन्द्र चौधरीले बताए।

ज्ञापनपत्र हस्तान्तरण पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, सचिव अच्छेलाल राम, प्रवक्ता ,उपेन्द्र पासवान, देवताल कार्यसमितिका संयोजक कनक चौधरी,सदस्यहरु भोला सहन, रामबाबु सोनार, अषुतोस चौधरी लगायत को विशेष उपस्थित रहेको थियोे।

प्रकाशित मिति: : 2020-11-28 22:41:00

प्रतिकृया दिनुहोस्