आफ्नै घरको छतबाट खसेर मृत्यु

कञ्चनपुरमा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका ५ गुलरियामा छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको हाे ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकाे थियाे।

उपचारका क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

प्रकाशित मिति: : 2020-11-29 12:04:00

प्रतिकृया दिनुहोस्