चरेशसहित दुई जना पक्राउ

बारा प्रहरीले लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले कोल्हबी नगरपालिका ६ प्रसौना बजारस्थित चोकबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १६ बस्ने दुर्गाबहादुर मोक्तान र रवी बहादुर सिंजाली मगर रहेका छन्।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगञ्जबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनी सहितको टोली र इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकलमा आएका उनीहरुको शरीरलाई खान्तालासी गर्दा लुकाएर ल्याएको २ किलो ७ सय ग्राम अवैध लागूऔषध चरेश फेला परेको हो।

बारा जिल्ला अदालतबाट उनीहरुविरुद्ध लागूऔषध मुद्दामा ६ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

प्रकाशित मिति: : 2020-11-30 09:17:00

प्रतिकृया दिनुहोस्