१४ सय ७४ जनामा कोरोना संक्रमण, २९ संक्रमितको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् भने ५३५ जना क्वारेन्टानमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-11-30 16:43:00

प्रतिकृया दिनुहोस्