आईक्यान र लेखामान बोर्डको विवादले बैङ्कहरुको लेखापरीक्षण रोकियो

रातोपाटी

काठमाडाै‌ं

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) र नेपाल लेखामान बोर्डबीचको विवादले बैङ्क तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागु गर्ने सम्बन्धमा विभिन्न समायोजनमा दिइने सुविधा (कार्भआउट) का सम्बन्धमा दुई संस्थाबीच मतभेद देखिएको हो ।

बोर्डले गरेको सिफारिसमा आईक्यान सहमत हुन नसक्दा यतिबेला राष्ट्र बैङ्कले कतिपय बैङ्क तथा वित्तीय संस्थाको लेखापरीक्षण प्रतिवेदनको अन्तिम स्वीकृति रोकिएका छन् । सोही कारण केही बैङ्क तथा वित्तीय संस्थाको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैङ्कमा अड्किएको छ ।

कम्पनी ऐनको प्रावधान अनुसार प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कम्पनी अद्यावधि गर्नुपर्छ । त्यसका लागि अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन साधारणसभाबाट पास गरेर कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्छ ।

प्रकाशित मिति: : 2020-11-30 17:16:00

प्रतिकृया दिनुहोस्