तीन सुन्दरी नायिकासँग विवाह गरेका नायक क्रुज पुनः सिङ्गल

अंग्रेजी चलचित्रका दर्शकहरुको लागि टम क्रुज कुनै नौलो नाम होइन।

टप गन, द मम्मी र मिसन इम्पसिबल जस्ता सफल चलचित्रका नायक क्रुजको नयाँ चलचित्र मिसन इम्पसिबल ७ को हाल धमाधम सुटिङ भइरहेको छ। 

चलचित्रका निर्देशक क्रिस्टोफर मैकक्वेरीका अनुसार यसमा एक्सनकाे दृश अत्यन्तै सनसनीपूर्ण हुनेछ।  

डिस्लेक्सिया नामको अक्षर चिन्न नसक्ने रोगले ग्रस्त भएको कारण खासै पढ्न नसकेका नायक क्रुजको जन्म ३ जुलाई १९६२ मा न्युयोर्कमा भएको थियो। 

कुनै समय हक्की खेलका राष्ट्रिय खेलाडीसमेत रहेका क्रुज ‘क्लोज क्याम्प’मा रहेको समय बियर पिउँदै गरेको अवस्थामा पक्राउ परेर टिमबाट निस्काशनमा परेका थिए। 

आफ्नो खेल जीवन समाप्त भएपछि चलचित्रमा भाग्य परीक्षण गर्न सुरु गरेका क्रुजले करिब पाँच वर्ष एक्स्ट्रा कलाकार भएर बिताए।  

निकै लामो संघर्षपछि उनको पहिलो चलचित्र १९८३ मा ‘रिस्की बिजनेस’ प्रदर्शन भयो।

पहिलो चलचित्र बाटै सुपर स्टार भएका क्रुज हालसम्म पनि सुपर स्टार नै छन्।

योबाहेक उनको अन्य प्रदर्शन हुने चलचित्रहरुमा मिसन इम्पसिबल ८ र लुना पार्क हुन्।  

जीवनमा तीन सुन्दरी नायिका केटी होम्स, निकोल किड्म्यान र मिमी रोजर्ससँग विवाह गरेका नायक क्रुज पुनः सिङ्गल छन्। 

एउटा चलचित्रको लागि एक सय मिलियन डलर पारिश्रमिक लिने क्रुजको कुल सम्पति तीन हजार मिलियन डलर छ।

प्रकाशित मिति: : 2020-11-30 22:07:00

प्रतिकृया दिनुहोस्